राजेन्द्र न्यौपाने फागुन २७ गोरखा ।
उत्तरी गोरखाको तान्द्राङ –८ अमिलिचौरमा शुरु भएको महायज्ञमा आजसम्म ६० लाख रुपैया संकलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । वृद्धाश्रम निर्माण गर्ने उदेश्यले आयोजना गरेका महायज्ञमा पंडित दिनवन्धु पोखरेलले संगीतमय कथावाचन गरेका छन् । शुक्रवार सवैभन्दा वढी दान तान्द्राङ–१ डाँडावेशीका कृष्ण लामिछानेले ७ लाख दान गरेको महायज्ञ आयोजन समितिका अध्यक्ष मोदनाथ खनालले जनाउनुभयो । यस्तै दान गर्नेहरुमा धादिङ विशालनगरका श्याम राज थापाले ५ लाख ५ हजार ६ सय ५५ , आरुचनौटेका चित्रकुमार श्रेष्ठले ५ लाख १ हजार रुपैयाँ र सभाषद एकनाथ ढकालले ३ लाख रुपैयाँ दान गरेको आयोजक समितिले जनाएको छ । शुक्रवार ४ जनाले तुलादान गरेको र यसरी आफ्नौ तौल जति दान गरेमा आफुले अञ्जानमा
गरेको पाप कष्ट हुने धार्मिक विश्वास रहेको छ । महापुराण यही फागुन महिनाको २९ गतेसम्म चल्ने र करिव ३ करोड जम्मा हुने महापुराण आयोजक समितिले जनाएका छन् ।

No comments:
Post a Comment