Tuesday, March 29, 2011

गाउँ गाउँमा संगठन निर्माण गर्दै माओवादी
हागोस ÷१५ चैत
एकीकृत नेकपा माओवादी गोरखाले राष्ट्रिय जन जागरण अभियान
भन्दै गाविस, गाउँ गाउँमा संगठन निर्माण गर्दै अगाडी
वढाएको छ ।
मंगलवार गोरखाको ताक्लुङ, मसेल, मिरकोट, धुवाँको
ट,श्रीनाथकोट,देउराली, घ्याल्चोक,घैरुङ लगायत १ दर्जन भन्दा
वढी गाविसहरुमा
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति,
पार्टी समिति, जनवर्गिय समिति लगायत समिति गठन गरेको एकीकृत माओ
वादी गोरखाले जनाएको छ ।
राष्ट्रिय जन जागरण अभियान मार्फत गोरखाका सवै गाविसका
गाउँ गाउँमा जन आन्दोलन समिति, नयाँ पार्टी समिति र अन्य
जातिगत तथा जनवर्गीय समिति गठन गरी पार्टी मजवुत वनाउने माओ
वादीले जनाएको छ ।
यस अभियानमा माओवादी गोरखा जिल्ला ईन्चार्ज कृष्ण
धिताल विजय, सेक्रेटरी चुढामणि खड्का प्रकास, माओवादी अन्य ने
ताहरु लेख वहादुर थापा मगर, यान प्रसाद भट्ट, वाई सी एल अध्यक्ष र
मेश पोखरेल अटल, लगायत जिल्ला तह, ईलाका पार्टी तह, र पार्टी
तह गोरखाका गाउँ गाउँमा पुगेको श्रोतले जनाएको छ ।

No comments:

Post a Comment