Wednesday, March 9, 2011

हाम्रो विकास बैंकको तेस्रो शाखा थानसिंमा


कुल तामाङ् 
फागुन २५ नुवाकोट ।  हाम्रो विकास बैंकको तेस्रो शाखा थानसिंको छहरेमा स्थापना गरिएको छ । नुवाकोटको वट्टारमा मुख्य कार्यालय रहेको हाम्रो विकास वैकको तेस्रो शाखाको विकास बैंक एसोसियसन नेपालका अध्यक्ष झपड बोहरा र बैंकका अध्यक्ष हरिप्रसादले आज उद्घाटन गर्नुभयो ।

बैंकको उद्घाटन गर्दै विकास बैंक एसोसियसनका अध्यक्ष बोहराले राष्ट्रिय बैंकहरु गाउमा आउन आनाकानी गरिरहेको बेला हाम्रो विकास बैंकले गाउका नागरिकलाई सेवा दिन शाखा खोलेकोमा प्रसंसा व्यक्त गर्नुभयो ।

गाउका कृषकलाई लक्षित गरी संचालन गरिएको शाखामा उद्घाटनका अवसरमा आठ सय व्यक्तीले ग्रामीण वचत खाता खोलेका थिए । वैकले रातमाटेमा थप शाखा संचालन गर्ने तयारी समेत गरेको छ ।

वैकका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैकका प्रमुख कपिल ढकालले बैंकको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।  कार्डसन प्रमुख पदम उप्रेती, जनज्ञान निकेतन उच्चमावीका प्राचार्य ताराप्रसाद पाठक, थान्सीङ श्रोतकेन्द्रका सोत व्यक्ति महेश्वर पाण्डे, जिल्ला सहकारी संघका अध्यक्ष वैकुण्ड मिश्रले मन्तव्य राख्नुभएको थियो ।

दुई बर्ष अघि स्थापना भएको बैंकले आउदो बैशाखमा सर्वसाधारणको लागी सेयर जारी गर्ने भएको छ । २१ करोड अधिकृत पुजी र १० करोड ५० लाख रुपैया जारी पुजी रहेको बैंकले बैशाखमा जारी पुजीको ३० प्रतिशत सेयर निस्कासन गर्ने शाखा प्रवन्धक यादव आचार्यले बताउनुभयो ।

No comments:

Post a Comment