Tuesday, March 15, 2011

बेलायती राजदुत र काङ्ग्रेस नेता पौडेल बीच भेटवार्ता

  चैत १ काठमाडौँ ।  नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले स्वयं सेवक दस्ता गठन गर्ने माओवादीको पछिल्ला निर्णयले शान्ति प्रक्रियामा आघात पुगेको बताउनु भएको छ । बेलायती राजदुत जोन टक्नटसँग आज भएको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले पाँच दिनभित्र सेना समायोजनाको मोडालिटी तयार गर्ने पूर्ववत सहमतिमा माओवादी इमान्दार नबनेको बताउनुभयो ।

पौडेलले जनविद्रोहमार्फत सत्ता गठन गर्ने रणनीतिमा   माओवादी लागेको भए पनि सरकारको नेतृत्वकर्ता एमालेले कुरा नबुझेको बताउनु भएको हो ।भेटेपछि बेलायती राजदुत टक्नटले शान्ति प्रक्रिया टुङ्गोमा प¥याउन लडाकू समायोजन गर्नुपर्ने र एउटै सेना बनाउन माओवादीले सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी ७४ दिनमा संविधान निर्माण गर्न धेरै चुनौति रहे पनि तोकिएको समयमा संविधान बन्ने आशा कायम रहेको बताउनुभयो । बेलायतवाट भर्खरै फर्कीएका राजदुतले शान्ति र संविधान निर्माणमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । 

यसैबीच, काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारवीच लोकतान्त्रिक गठबन्धनको बिषयलाई लिएर छलफल भएको छ । काङ्गे्रस संसदीय दलको कार्यालय सिंहदरवारमा भएको भेटमा लोकतान्त्रिक गठबन्धन गठनवारे छलफल भएको हो । भेटपछि गच्छदारले वामपन्थी अतिवादी रोक्न लोकतान्त्रिक गठबन्धन जरुरी रहेको टिप्पणी गर्नुभयो ।  

No comments:

Post a Comment