चन्द्रश्वर बस्ताकोटी
फागुन २३ मुस्ताङ । राष्टिय प्रकृति संरक्षण कोष, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, जोमसोम अन्र्तगत पर्ने ब्यबस्थापन समितिहरुको ३ दिने समन्वयात्मक तथा बार्षिक कार्ययोजना तर्जुमा गोष्ठी समय सान्दर्भिक महत्वपुर्ण निर्णय समेत गदै सोमबार सम्पन्न भएको छ ।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोम अन्र्तगत पर्ने ९ बटा ब्यबस्थापन समितिहरु मध्ये झोङ ब्यबस्थापन समिति बाहेक विभिन्न शिर्षकमा प्रस्ताब गरेको गोष्ठीले ९ ब्यबस्थापन समितिको सजाल निमार्ण गदै दुरगामी प्रभाब दिने महत्वपुर्ण खालका निणयहरु गरेको छन । झोङ ब्यबस्थापन समितिका अध्यक्ष बिषेश कारणबस उपस्थित हुन नसकेकाले केहिदिन भित्रै प्रस्ताबित योजनाहरु अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोममा बुझाउने छ ।
ब्यबस्थापन समितिहरुको गोष्ठीले गरेका निणर्यहरु ब्यबहारमा लागु गराउन जिल्ला प्रसासन कार्यालय मुस्ताङले हरपल सहयोग गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रसाद पाण्डेले बताउनु भयो । सबै ब्यबस्थापन समिति र स्थानिय निकायलाई योजनाहरु डुब्लिकेसन हुनबाट सचेत गराएको समन्वयात्मक गोष्ठीले संरक्षणकासाथै बिकासमा समेत उल्लेख्यकार्य गर्न मद्दत पु¥याउने समापन कार्यक्रमका अध्यक्ष एव स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले बताउनु भयो । प्राकृतिक साधन श्रोतको संरक्षण गदै पर्यटन प्रवर्धनका माध्यमबाट अधिकतम फाइदा लिन दुरगामी प्रभाब दिने महत्वपुर्ण निणर्य समेत योजना तजुर्मा गोष्ठीका बेला ब्यबस्थापन समितिहरुले गरेको अन्नपुर्ण सरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख शन्तोष शेरचनले बताउनु भयो ।

इन्धनको रुपमा दाउरा प्रयोग गदै आएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धौलागिरी प्राबिधिक शिक्षालयलाई आगामी ठेक्का हुने बेला देखी बैकल्पीक इन्धनको प्रयोग गर्न अनुरोध गदै बर्तमान ठेक्का समाप्त नहुन्जेल हालकै ब्यबस्था अनुसार दाउराको प्रयोग गर्नदिने र आगामी दिनमा दाउराको प्रयोग कमगरि हरियाली बढाउने निर्णय ब्यबस्थापन समितिहरुले गरेको छन । सचालित फर्निचरहरु ३ बर्ष भित्र समेत नविकरण नभए खारेज गरिने, सार्वजनिक स्थानहरुमा काठ राख्न नपाइन, निजि जग्गामा लगाइएको जडीबुटी संरक्षण क्षेत्र व्यवस्था समितिको सिफारीसमा इलाका संरक्षण कार्यालयको अनुरोधमा निकासीका लागि प्रधान कार्यालय पोखराले गर्ने, सरकारी बनको प्रतिबन्धित बाहेकका जडिबुटी संकलन र निकासीका लागि संरक्षण व्यवस्था समितिले व्यवस्था मिलाउने र निकासाका लागि नेपाल सरकारले तोकेको राजश्व नघटाई इलाका संरक्षण कार्यालय जोमसोमलाई सिफारिस गर्ने र प्रधान कार्यालय, पोखराका प्रमुखबाट छोड पुर्जी प्राप्त भएमात्र निकासी गर्न पाइन, प्राकृतिक श्रोत साधन संकलन र निकासीका लागि संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र निर्देशिका २०५६ अनुसार गर्ने, परम्परा देखि चलिआएको दियालो काटने परम्परा आउदा दिनमा नगर्ने निणय ब्यबस्थापन समितिहरुले गरेका छन ।
यसै गरि चोरी निकासी नियन्त्रण गर्न व्यवस्थापन समिति, स्थानिय क्लवहरु सुरक्षा निकायको सहयोगमा संयोजन एक्याप जोमसोमले गर्ने, स्थानिय व्यक्तिसंग भएका हातहतियारहरु चोरी शिकारी गर्नका लागि नभै आत्मसुरक्षाका लागि भएकाले गलत प्रयोग नहोस भन्ने जानकारी गराउने, कसैले गलत प्रयोग गरेमा कानूनी कारवाही अगाडी बढाउने, सन २०११ पर्यटन बर्ष र हरियो बन बर्ष भएकाले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरि व्यापकरुपमा बाह्य पर्यटक भित्राउने, हरियो बन बर्ष समेत भएकोले व्यापक प्रचारप्रसार गर्ने, बन्यजन्तु तथा बन पैदावार निकासी र आयात हुने सम्बन्धमा सवारी चालक तथा सवारी धनीलाई जागरणमुलक कार्यक्रम संचालन गर्ने, पदयत्रीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ मोटरबाटोको बिकल्पमा बैकल्पिक पदयात्राको संभाव्यता अध्ययन एव निर्माणका लागि एक्याप जोमसोमलाई अनुरोध गन र सो कार्य जिल्लाका सम्बन्धित निकायहरुको साझेदारीमा गर्ने निर्णय गरियो ।
गोष्ठीमा आर्थिकबर्ष ९६७।६८ मा प्रस्ताव भएका व्यवस्थापन समिति अन्तर्गतका कार्यहरुलाई निरन्तरता दिने मुक्तिनाथ, थोरङपास, मनाङ, लम्जुङको घलेगाउ, भुजुङ, बेशिसहर पोखरा, घान्द्रुक, घोडेपानी, तातोपानी हुदै बैशाकको दोश्रो हप्ता व्यवस्थापन समितिका निश्चित पदाधिकारीहरु समेतलाई भ्रमण गराउन र एक्याप जोमसोमलाई अनुरोध गरिएको छ । एक्याप जोमसोमको आयोजनामा भएको कार्यक्रममा पर्यटन सहायक हरिमाया गुरुङले कार्यक्रम सचालन गर्नु भएको थियो ।
कार्यक्रमका बेला ब्यबस्थापन समितिको सजालका पदाधिकारहिरुलाई खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा एक्याप जोमसोमका अनन्त प्रसाद सुबेदीले निर्णयहरु सार्वजनिक गर्नु भएको थियो
No comments:
Post a Comment