चन्द्रश्वर बस्ताकोटी
जोमसोम उपल्लो मुस्ताङको विभिन्न गाविसमा जाने जिल्लाकै सवैभन्दा पुरानो पुल जिर्ण बन्दै गइरहेकाले यसको संरक्षण गर्न स्थानियबासिन्दाले माग गरेका हुन् । धेरै बर्ष पहिले बनेको वि.स २०२२ सालमा स्थानियबासिन्दाको आफ्नै सक्रियतामा मर्मत भएको हो ।
परम्परागत स्थानिय प्रबिधि र लगानिमा बनेको पुलको सवै भाग काठबाट निर्मित भएकाले पनि यसको संरक्षण गर्न उनिहरु कस्सिएका हुन् । जिल्ला भरी पुल बनाउने काठ नपाउने त्यो जमानामा जासमोमका बासिन्दाले धेरैटाढाको जगलमा पुगेर ल्याई निर्मित गरेको यो सुन्दर पुल २०४२ सालमा हिउपहिरोका कारण भत्किएपछि पुन मर्मत गरिएको थियो ।
अहिले पुलको अवस्था जिर्ण बन्दै जान थालेपछि नमुना पुलको संरक्षणमा ध्यान दिन विभिन्न निकायलाई समेत आग्रह गरिरहेका छन् । नजिककै कालिगण्डकीको तिरमा भारत सरकारको सहयोगमा करिव ४ करोड ८३ लाखको सहयोगमा निर्माण हु्न लागेको पक्की पुलपछि पनि यसको महत्व नघट्ने भएकाले यसलाई संरक्षण गनुपर्ने स्थानियबासिन्दा हिक्मत बहादुर थकालीको भनाई छ ।
जोमसोम बजारका करिव ३ सय घरधुरी, आन्तरिक एव बाह्पर्यटकका साथै उपल्लो मुस्ताङबासिले कालिगण्डकी नदी तर्नका लागि प्रयोग गर्ने यो पुलको संरक्षणमा हुन सकेमा मुस्ताङमा पर्यटकहरुलाई आर्कषित गर्ने एउटा माध्यम बन्ने थियो ।
No comments:
Post a Comment