एसवी गौतम चैत २ सिन्धुली ।
सिन्धुलीको खुर्कोटदेखी दोलखाको नयाँपुलसम्मकोसडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । एसियाली विकास बैंक एडीबी र तेल निर्यातगर्ने राष्ट्रहरुको संगठन ओपेकको ऋण सहयोगमा नयाँपुलदेखि खुर्कोसम्मको ५५किलोमिटर सडकको स्तरोन्नती गरी कालोपत्रे सुरु भएको हो । तामाकोसी मन्थली खुर्कोटसडक आयोजना अन्र्तगत भएको सडकको कालोपत्रे गर्ने काम दोलखाको तामाकोसी बजार ररामेछापको सेलेघाटबाट एकैसाथ सुरु भएको छ । तामाकोसीदेखि खुर्कोटसम्मको सडककोकालोपत्रे गर्नका लागि सडकको स्तरोन्नती गरेपछि मन्थलीदेखि तामाकोसीसम्मको यात्राकोसमय पनि छोटिएको छ । सडकको स्तरोन्नती भएपछि साना सवारीका साधन पनि बढेका छन् ।त्यसैगरी सिन्धुलीको खुर्कोटमा सुनकोसी नदीको पुल बाहेक दोलखा र रामेछापकाविभिन्न स्थानदेखि तराईसम्मका सम्पूर्ण सडक सहज भएकाले ढुवानीका साधनहरु पनिबढेको स्थानियबासीले वताएका छन् ।
No comments:
Post a Comment