Tuesday, March 15, 2011

ऐतिहाँसिक स्थल पंचकन्या पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

एसवी गौतम
 चैत्र १ सिन्धुली।  जिल्लाकै ऐतिहाँसिक स्थलको रुपमा महादेवस्थान गाविसको वडा नं ९ मा रहेको पंचकन्या पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जिल्लास्थित राजनैतिक दलका नेताहरुले प्रतिबद्धता जायर गरेका छन् ।

पंचकन्या पोखरीको एैतिहाँसिक महत्व र पर्यटकीय क्षेत्र विकासको सम्भावना विषयक सर्वदलिय ,सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रममा आज दलका नेताहरुले उक्त प्रतिबद्धता जायर गरेका हुन् । पर्यटन वर्ष २०११ लाई मध्यनजर गर्दै पंचकन्या पोखरी पर्यटकीय क्षेत्र विकास समिती माहादेवस्थान सिन्धुलीले आज सिन्धुलीमाढीमा अन्र्तक्रिया गरी यस स्थालको ऐतिहाँसिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गराएको थियो ।

पंचकन्या पोखरी पर्यटकीय क्षेत्र विकास समितीका अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सहइन्चार्ज गणेश बुढाथोकी,नेपाली कंग्रेसका जिल्ला सभापति मोहन वराल,नेकपा एमालेका अध्यक्ष कमलजंग राई,नेकपा संयुक्त माक्र्सवादीका भोजराज सत्याल,जिविस सिन्धुलीका कार्यक्रम अधिकृत सागर ढकाल ,पूर्व जिविस सभापति रमेश कार्की लगायतले पंचकन्या पोखरी क्षेत्रको पयर्टकीय विकासका लागी चाल्न सकिने कदमका बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । 

यस स्थलको बारेमा जानकारी स्थानीय सम्भु माझी र जनजाती जिल्ला समन्वय समिती जिविसका उपाध्यक्ष विवश कुमार वाइवाले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन महादेवस्थान गाविस सचिव विष्णुमणी कोइरालाले गर्नुभएको थियो ।

No comments:

Post a Comment