सन्तोष गौतम
फागुन २१ म्याग्दी । एकिकृत नेकपा माओवादी म्याग्दीले सहिद सप्ताह २०६७को अन्तिम दिन शनिबार एक कार्यक्रमको आयोजना गरि सहिदका परिवारलाई सम्मान गरेको छ ।
बेनी स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य बाबुराम नेपाली, सभाषद् गोविन्द पौडेल र गमबहादुर श्रीसले जनयुद्धका समयमा ज्यान गुमाएका सहिदको आफन्तलाई कदरपत्र वितरण गरि सम्मान गर्नुभएको थियो ।
एक जना वेपत्ता सहित ७० जना सहिदका परिवारलाई सम्मान गरिएको एकिकृत नेकपा माओवादी म्याग्दीले जनाएको छ । सो अवसरमा माओवादी म्याग्दीले प्रकाशन गरेको सहिद पुस्तीका पनि वितरण गरिएको थियो ।कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नेपालीले वर्गीय समाजको अन्त्य नहुँदासम्म युद्ध जारी रहने र त्यसपछि मात्र सहिदको सपना पुरा हुने भएकाले त्यसका लागि त्याग गर्न तयार रहेको बताउनुभयो ।
यसैगरी सभाषद् पौडेल र श्रीसले अहिले नेपालमा वर्गीय चेतनाका आधारमा राजनितिक धु्रबीकरण सुरु भएकाले यसले वर्गिय समाजको अन्त्य गरि सर्वहारा बर्गलाई मुक्ति दिलाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सहभागि सहीद परिवारका सदस्यहरूले सहिदले देखाएको बाटो नबिराई उनीहरुको सपना साकार पार्न नेतृत्वसँग अनुरोध गरेका थिए ।
जिल्ला ईञ्चार्ज मित्रशरण शर्माको सभापतित्व र मगराँत राज्य समिति सदस्य मिनबहादुर बानियाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सहईञ्चार्ज देवराज सुवेदीले स्वागत गर्नुभएको थियो ।
No comments:
Post a Comment