Saturday, March 5, 2011

पाठेघर समस्या सम्बन्धी निशुल्क स्वास्थ्य शिविर


कूल तामाङ्
 फागुन २१ नुवाकोट । नुवाकोटको घले भज्याङमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको लागी निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ ।

पञ्चकन्या गाविस  वडा नं. १ घले भञ्ज्याङमा आयोजिति शिविरको पहिलो दिन ९३ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १६ जना पाठेघर खसेका महिलाहरुलाई शल्याक्रियाको लागी आयोजकले नै काठमाडौ लैजाने भएको भैरब पराजुलीले जानकारी दिनुभयो ।

विनायक अस्पताल काठमाडौ र हेलो नेपालको आयोजना तथा स्थानीय पञ्चकन्या युवा क्लबको व्यवस्थापनमा सञ्चालन भईरहेको शिविरमा डा.गौतम मिश्रको नेतृत्वमा रहेको स्वस्थ्यकर्मीको टोलीले सेवा पु¥याईरहेको छ ।

No comments:

Post a Comment