हिम नाथ दवाडी फागुन २५ काठमाडौं ।
नेपाल वायुसेवा निगमले १६ महिनाअघि एयरबस खरिदको लागि पठाएको ७ लाख ५० हजार अमेरिकी डलर फिर्ता गर्न युरोपेली जहाज निर्माता कम्पनीलाई बैना फिर्ता लिन सोमबार आफ्नो खाता नम्बरपठाएको छ । उक्त रकम फिर्ता लिन बैंकको खाता नम्बर उल्लेखगरिएको पत्र फ्याक्स तथा अन्तर्राष्ट्रिय कुरियर कम्पनी डिएचएल मार्फत फ्रान्सस्थित एयरबसकम्पनीलाई पठाएको हो । पत्रमा एयरबसका बरिष्ठ उपाध्यक्ष क्रिकेस्टोफी मौरेलाईसम्बोधन गरिएको छ भने वायु सेवा निगमको तर्फवाट कार्यबाहक महाप्रवन्धक क्याप्टेन ओवी गुरुङ्गले हस्ताक्षर गरेको निगम स्रोतले बताएको छ । यस अघि एयरबस खरिद विवाद प्रकरणमा६ करोड रुपैया धरौटी बुझाउन नसकेपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षसुगतरत्न कंसाकारलाई विशेष अदालतको आदेश अनुरुप कारागार चलान गरिएको थियो ।

No comments:
Post a Comment