Friday, March 11, 2011

कर्मचारी नियमावली मजदुरहरुले जलाए



राजेन्द्र न्यौपाने फागुन २७ गोरखा ।
गोरखकाली रबरउद्योगका मजदूरहरुले कर्मचारी नियमावली आज विहान एक कार्यक्रम गरी जलाएका छन् । उद्योग सञ्चालनका लागि बनाईको उक्त नियमावली मजदूरहरुको हित विरुद्ध भएकोले उनीहरुले जलाएका हुन् । मजदूर संगठनसँग छलफल नगरी नियमावली बनाइएकोले जलाउनुपरेको अखिल नेपाल औधोगिक मजदुर संघ गोरखकाली रबर उद्योगका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।

नियमावली जलाउनु अघि अध्यक्ष पोखरेलले राष्ट्रिय स्वाधीनताको लडाई चलिरहेको समयमा मजूदरहरुलाई अल्मल्याउन उद्योग सञ्चालनको गलत नीति अघि सारिएको आरोप लगाउनुभयो । उपाध्यक्ष चिरञ्जीवि रेग्मीले नालायक व्यवस्थापकले बनाएको नियमावली मजदूर र कर्मचारीको हित विपरीत रहेकोले मान्य नहुने बताउनुभयो । एमाले संगठनबाट विद्रोह गरी माओवादी संगठनमा प्रवेश गरेका दलित नेता धु्रव बराइलीले माओवादी संगठन र मजदूरहरुलाई उद्योगले सानो सोचेको भए त्यो गलत भएको भनाई राख्नुभयो । उहाँले देशको संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै कागजको खोस्टो सर्टिफिकेट बोकेकाहरुले मजदूर संगठनको विरुद्धमा काम गर्नु आफ्नै काल निम्ल्याउनु हो भन्नुभयो ।

कार्यक्रम सजदूर संघका सह सचिव हरीराम पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच उनीहरुले मजदूर एकता जिन्दावाद भ्रष्ट र मजदूर विरोधी हरी काफ्ले मुर्दावाद भन्दै नारावाजी समेत गरेका थिए । हरी काफ्ले गोरखाकाली रवर उद्योगका लागि राज्यले खटाएको सदस्य हुनुहुन्छ । आगामि दिनदेखि काफ्लेलाई रबर उद्योगको गेटबाट भित्र पस्न नदिने उद्योगमा कार्यरत चारसय भन्दा बढि मजदूरहरुले बताएका छन् ।

No comments:

Post a Comment