Friday, March 18, 2011

चार महिनामै औषधी सकियो सेवाग्राही मर्कामा

शेरबहादुर के.सी.चैत ४ बाँके ।
बाँकेको कोहलपुरमा रहेको यस क्षेत्रकै सबैभन्दा ठूलो औषधालय कोहलपुर आयूर्बेद औषधालयमा चार महिनामै औषधी सकिएको सकिएको छ । औषधी किन्न नसक्ने आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरु आउने यस औषधालयमा औषधी सकिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । औषधालय प्रमुख कल्पना पौडेलका अनुसार जिल्ला आयूर्बेद कार्यालयले २० कार्टुन बरावरको औषधी पठाउने गरेपनि यो औषधी चार पाँच महिनामै सकिन्छ । अहिले बिरामीलाई निजी पसलवाट औषधी किन्न सिफारीस गर्ने गरेको जानकारी दिनुभयो । केही बर्षयता एलोपेथिक सेवावाट थाकेपछि आयूर्बेद धाउनेक्रम बढेको बताइएको छ । साउन यता मात्र औषधालयमा आएर ९ सय ९३ सेवाग्राहीले  सेवा लिएका छन् । उता जिल्ला आयुर्बेद कार्यालय नेपालगञ्जले भने बजेट अभावका कारण निश्चित हुनेभएकोल भनेजति औषधी दिन नसेको बताएको छ ।

No comments:

Post a Comment