रामभरोसी महतो चैत ४ सिरहा । सिरहाको उत्तरवर्ती गाविस विष्णुपुरकटी ४ मा गएराती भरुवा बन्दुक पडकेर एक जना युवाको ज्यान गएको छ । विष्णपुरकटी ४ सरेअम्बासका ३९ वर्षिय विचारी कार्कीको आफ्नै भरुवा बन्दुक पडकेर गएराती ज्यान गएको हो । कार्की नशालु पदार्थ सेवन गरी बन्दुक चलाउँदा बन्दुक पडकिर उनको मृत्यु भएको परिवारजनले बताइएको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि अहिले लहान अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।
No comments:
Post a Comment