Thursday, March 24, 2011

संविधान लेखन तोकिएकै मितिमा नसकिएमा संविधानसभाको समय थप्न सकिने

कूल तामाङ् 
  चैत १० काठमाडौँ। एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्तिप्रक्रिया सँगसँगै  संविधान लेखनको काम तोकिएकै मितिमा नसकिएमा संविधानसभाको समय थप्न सकिने बताउनुभएको छ ।

संवाद क्लब नेपालले  बिहीवार  आयोजना गरेको संवादमा उहाँले लडाकू पुनःस्थापन समायोजनको काम पूरा गर्दागर्दै संविधान लेखनको काम पूरा हुन नसके सबै दलसँग सल्लाह गरेर संविधानसभाको समय थप्न सकिने विचार राख्नुभयो ।

लडाकू पुनःस्थापन र समायोजन नभए पनि संविधान बन्न सक्ने तर संविधान लेखन र शान्तिप्रक्रियाको काम सँगसँगै अगाडि बढाउनु पर्नेमा उपाध्यक्ष श्रेष्ठले जोड दिनुभयो । 

वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिनुपर्ने उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसलाई पनि सरकारमा सहभागी हुनका लागि आह्वान गर्नुभयो ।

सरकार निर्माणको आधार नै सातबुँदे सहमति भएकाले सो खारेज हुन नसक्नेमा जोड दिँदै उहाँले सातबुँदे सहमतिको मूल मर्म समयमै संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनु भएको स्पष्ट पार्नुभयो ।

एमाओवादी पार्टी भारत विरोधी नभएको स्पष्ट पार्दै उहाँले नेपालको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच आउने काम भारतले गरेमा सो कार्य सैह्य नहुने बताउनुभयो ।

No comments:

Post a Comment