Tuesday, February 8, 2011

सहमति कार्यन्वय नभएका कारण मन्त्री मण्डल निर्माणमा ढिलाई

 राजेन्द्र न्यौपाने
माघ २५ गोरखा। नेपाल सरकारका पूर्व भौतिक योजना तथा निर्माण मन्त्री एवं एकीकृत नेकपा माओवादीकी पोलिट्व्यूरो सदस्य हिसीला यमीले मन्त्री मण्डल निर्माण कार्यमा ढिलाई हुनुको मुख्य कारण नेकपा एमालले सातबुँदे सहमति कार्यन्वयन नगर्नुरहेको बताउनुभएको छ ।

गोरखा जिल्लाको घैरुङ गाउँ विकास समितिमा अवस्थित हिमालय माध्यमिक विद्यालयको स्वर्णमहोत्सव  समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा नेतृ यमीले सहमति कार्यन्वय नगर्ने अनि दोष जति माओवादीलाई थुपार्ने कस्तो प्रविति हो भन्नुहँदै प्रतिप्रश्न समेत गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अचल बाबु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment