Wednesday, March 23, 2011

गोरखामा लोकतारा अडिसन हुने

राजेन्द्र न्यौपाने चैत ९ गोरखा ।
वरिष्ठ लोक गायक प्रजापति पराजुली गोरखामा चैत ११ गते हुने गण्डकी माछापुच्छ्रे वेस्ट्रन युनियन लोकतारा २०६७ कार्यक्रम तयारीका बारेमा जानकारी लिनुभएको छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै लोकदोहोरी कृषि,पर्यटन र राष्ट्रि उद्योगका बारेमा गाउनुपर्ने बताउनुभयो । यसैवीच विज्ञान,कला र गणितका पनि प्रयोग गरी लोकभाकाको संरक्षण गर्नुपर्ने बताउनुभयो । लोकदोहोरी तारा २०६७ का निर्णायक मण्डलका संयोजक समेत रहेका पराजुली सँगै रेडियो गण्डकीका स्टेशन म्यानेजर एल पि बन्जरा र कार्यक्रम संयोजक अपिल त्रिपाठी सहित अन्य लोककलाकारहरुले कार्यक्रम तयारीको बारेमा जानकारी लिनुभएको थियो । गोरखामा चैत ११ गते हुने अडिसन कार्यक्रममा गोरखा र गोरखा बाहिर रहेका कलाकारहरुले भाग लिन पाउने छन् । एक लाख नगद पुरस्कार रहेको सो कार्यक्रममा सहभागि हुन सबैलाई आयोजकले आग्रह गरेको छ । गोरखामा सम्पर्कको लागि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विद्या कुमार अर्याल ले जिम्मा पाउनु भएको छ ।

No comments:

Post a Comment