फागुन २२ । बिश्वकप क्रिकेटमा आयरल्याण्डसँग अप्रत्यासित पराजय भोगेको इङ्गल्याण्डले दक्षिण अफ्रिका बिरुद्ध भने रोमाञ्जक जित हाँसिल गरेको छ ।
आइतवार चेन्नइमा दक्षिण अफ्रिकालाई ६ रनले हराएपछि इङ्गल्याण्डको क्वाटरफाइनल यात्रा सहज बनेको छ । दक्षिण अफ्रिकाले जितको आगि आवश्यक १७२ रन झिनो लक्ष्य पछ्याउने क्रममा ४७.४ ओभरमा १६५ रन बनाउँदा सबै विकेट गुमायो ।एक समय ३ विकेट गुमाएर १२४ रन बनाउँदै जितको नजिक देखिएको दक्षिण अफ्रिकालाई स्टुआर्ड वोर्डले ४ विकेट लिँदै धरासाइ बनाएका हुन् । यस्तै जेम्स एण्डरसनले २ विकेट झारे ।
दक्षिण अफ्रिकाको लागि अमलाले सर्वाधिक ४२ रन बनाए । यस्तै अब्राहम वेन्जामिन डे भिर्ल्लर्सले २५ थपे ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई १ सय ७२ रनको लक्ष्य दिएको थियो ।
दक्षिण अफ्रिकी बलरसामु कमजोर देखिएको इङ्गल्याण्ड ४५.४ ओभरमा १७१ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले सहज लक्ष्य पाएको थियो । इङ्गल्याण्डका लागि रबि बोपाराले ६० तथा जोनाथन ट्रोटलेले ५२रनको योगदान दिएपनि अरु कसैले गतिलो खेल्न सकेनन् ।
इङ्गल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाकालागि इमरान ताहिरले फेरी एकपटक उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । यसैगरि रविन पिटरसनले ३ विकेट झारे । मोर्ने मोर्केले २ र डेल स्टेयनले १ विकेट बाँडे ।
इस अघि भारतसँग बराबरी खेलेको इङ्गल्याण्डले आयरल्याण्डसँग भने अप्रत्यासित हार भोगेको थियो ।
No comments:
Post a Comment