Tuesday, March 29, 2011

द्वन्दपीडित तथा विस्थापितहरुलाई एकैपटक पुर्नस्थापना गर्ने सरकारी लक्ष्य

चैत १५ काठमाडौं। सरकारले विगतको सशस्त्र द्वन्दका क्रममा विस्थापित भइ पुनस्थापना हुन बाकी सबैको एकैपटक पुनस्थापना गर्ने तयारी गरेको बताएको छ । शान्ति तथा पुर्ननिर्माणमन्त्री बर्षमान पुन अनन्तले मंगलवार  मन्त्रालयमा पत्रकार सम्मेलन गरी पुनस्थापना प्याकेज नपाएका बाँकी सबै विस्थापितलाई एकै पटक पुनस्थापना गराउने सरकारी योजना रहेको बताउनु भएको हो ।

द्वन्दका क्रममा विस्थापित ७८ हजार मध्ये शान्ति प्रक्रिया सुरु भएको ४ बर्षमा जम्मा २५ हजारले पुनस्थापना प्याकेज पाएको स्मरणगर्दै उहाँले विद्यमान कार्यक्रमले सबैलाइ पुनस्थापित गर्न ९ बर्ष लाग्ने देखिएकोले एकैपटक पुनस्थापन कार्यक्रम संचालन गर्ने योजना बनाएको जानकारी गराउनु भयो ।

सरकारले शान्ति प्रक्रिर्याको पूर्णता र द्वन्दपीडितको राहत पुनस्थापनाकालागि संविधानसभामा रहेका २८ दलको सर्बदलीय बैठक छिट्टै बोलाउने बताएको छ । द्वन्द व्यबस्थापन सम्बन्धी एकीकृत कार्यक्रम बनाउन सर्बदलीय बैठकको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री अनन्तले माओवादी जनसेनाका अयोग्य लडाकूलाइ दिइने पुनस्थापना प्याकेजमा सहमति जुटन लागेको बताउनुभयो । माओवादी द्वन्दका क्रममा मारिएका १७ हजार २ सय ६५ मध्ये १३ हजार ५ सय ३८ जनाले राहत कार्यक्रम पाइसकेको र झण्डै २ हजार जनाले यसैबर्ष पाउने त्यस अबसरमा जानकारी गराइयो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन सम्बन्धी व्यबस्थापिका संसदमा विचाराधीन विधेयक संसदको चालु सदनवाट पारित गर्ने बताएको छ । त्यसकालागि दलहरुसंग छलफल र परामर्श जारी रहेको मन्त्री अनन्तले बताउनुभयो । उहाँले तराइ र पुर्बी पहाडि जिल्लामा सशस्त्र संघर्ष समूहमध्ये केहिसंग वार्ता भइरहेको र केहिसंग वार्ता प्रयास जारी रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment