Saturday, March 5, 2011

अपाङ्ता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण


कूल तामाङ्
 फागुन २१ रसुवा। रसुवा जिल्लाको दक्षिणी भेगका ८ गाविसलाई लक्षित गरी  धैबुङ गाविसमा अपाङ्ता भएका व्यक्तिहरुको लागी परिचय पत्र र नागरिकताको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अपाङ्ग पुर्नस्थापना केन्द्र रसुवा र महिला तथा बालबालिका कार्यालयको संयुक्त आयोजनामा धैवुङ गाविसको निलकण्ठ नमुना माविमा भएको कार्यक्रममा ४१ जना अपाङ्गहरुलाई अपाङ्गता परिचय पत्र, २७ जनाको परिचय पत्र नविकरण र ७ जना पूर्ण अपाङ्गहरुलाई नागरिकताको प्रमाण पत्र समेत प्रदान गरिएको रसुवाबाट अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

अपाङ्गहरुलाई स्थानीय स्तरमा नै सेवा दिने उद्देश्यले सञ्चालित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले अपाङ्गहरुलाई प्रमाण पत्र र नागरिकताको प्रमाण पत्र प्रदान गर्नुभयो ।

No comments:

Post a Comment