चैत ८ झापा ।
झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरमा मंगलवार बिहानैदेखि सल्किएको आगो नियन्त्रनमा आउन नपाउदै फेरी मोरङको शनिश्चरेमा रहेको अर्को भुटानी शरणार्थी शिविरमा पनि आगलागी भएको छ । आगलागीमा शरणार्थीका तीन सय बढी छाप्रा जलेर नष्ट भएका छन् । इटहरी, विराटनगर र मेचीनगर नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको टोलीले आगोलाई नियन्त्रणमा लिएका छन्। दिउँसो २:१५ बाट सुरु भएको आगो निभाउन करिब डेढ घण्टा लागेको थियो। आगोले जायजेथा खरानी बनाएपछि करिब २ हजार ५ सय शरणार्थीको बिचल्ली भएको छ। आजै झापा गरामनीस्थित गोलधाप भुटानी शरणार्थी शिविरका शिविरका ६ सय भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन् । गड्बडीका कारण शिविरको दक्षिणी भेगबाट आगो उठेको अनुमान गरेको छ। आगलागीबाट शिविरमा रहेका दातृ निकायका कार्यालयहरु समेत ध्वस्त भएका छन् । दमक, मेचीनगर र भद्रपुरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्। प्रहरी, सेना र सशस्त्रको टोली उद्दारमा खटिएको छ।

No comments:
Post a Comment