चैत ७ काठमाडौं। नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले शान्ति र संविधानको सुनिश्चितताकोलागी नेपाली काग्रेस सरकारमा सहभागी हुनु पर्ने बताउनुभएको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पहिलो पुण्य तिथिको अवसर पारेर रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा नेतृ कोइरालाले यस्तो बताउनु भएको हो ।
नेतृ कोइरालाले भन्नुभयो 'सरकारमा जाँदा समस्याहरु समाधान हुन्छन र शान्ति प्रक्रिया निश्कर्समा पुग्र्दै संविधान जारी हुन्छ भने काग्रेस सरकारमा जानुपर्छ । यसको विकल्प छैन ।' पार्टीमा म निर्णायक तहमा छैन तर मेरो मान्यता भने काग्रेस सरकारमा गएर शान्ति र संविधान निर्माणमा सहयोग गर्नुपर्छ भन्ने छ, त्यसकोलागी म काग्रेसलाई सरकारमा लान पहल गरिरहने छु ।' उहाको भनाइ छ।
साक्षात्कारमा नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले नेपाली काग्रेस सरकारमा आउने अवस्थामा नयाँ सहमति गर्न वा सात बुँदे सहमति संसोधन गर्न एमाले तयार रहेको भन्दै काग्रेसलाई कुनै आशंका नगर्न आग्रह गर्नुभयो । सात बुँदे सहमति सरकार निर्माणको लागि भएको भन्दै त्यसलाई त्यसैमा सिमित राखेर नयाँ सहमतिका साथ अगाडि बढनु पर्ने उहाँको धारणा थियो ।
साक्षात्कारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गबहादुर विश्वकर्माले सात बुँदे सहमतिकै आधारमा अहिलेको सरकार निर्माण भएकोले सात बुँदे सहमति खारेज भए सरकार नै भंग हुने बताउनुभयो । उहाँले काग्रेस आए सात बुँदेकै अन्र्तवस्तुलाई टेकेर संसोधन गरेर अगाडि बढ्न भने आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– सात बुँदे सम्झौता खारेज भए अप्ठ्यारो अवस्था आउँछ ।

No comments:
Post a Comment