Monday, March 21, 2011

कैलालीका पत्रकारहरुले फरक ढंगले होली मनाए

 चैत ७  कैलाली। विभिन्न रंगका अबिरहरु दलेर साथी भाईहरुसंग टोल छिमेकमा रमाईलो गरेर मनाईने होली (फागु)लाई कैलालीका क्रियाशिल पत्रकारहरुले भने यसपालिको होली पर्वलाई फरक ढंगले मनाएका छन् । होली समापनको अवसरमा क्रियाशिल पत्रकारहरुको एक टोलीले सुदूरपश्चिमकै एक मात्र प्रवेशद्धार कर्णाली चिसपानीमा पुगेर पर्यटकीय क्षेत्रका सम्भावना र सञ्चारकर्मीहरुले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्दैै शुभकामना आदान प्रदान गरेर नौलो किसिमले होली पर्व मनाएका हुन् ।

होलीको अवसरमा त्यहाँ पुगेका कैलालीका तीन दर्जन पत्रकारहरुले सुदूरपश्चिमको प्रवेशद्धार कर्णाली चिसापानीमा पर्यटन, होटल व्यवसाय, जलमार्गका सम्भावना, देखिलिएर बढ्दै गईरहेको वन विनास र चुरे संरक्षण जस्ता महत्वपूर्ण मुद्धालाई प्रभावकारी वनाउनका लागि सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका बारेमा पनि सवै क्रियाशिल पत्रकारहरु सहमत भएका छन् । कैलाली जिल्लाको सबैभन्दा पर्यटनका सम्भावना बोकेको कर्णालीपूल, कर्णाली नदि, नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज, दक्षिणमा पर्यटकीय स्थल टीकापुर बंगलापार्क र पश्चिममा रहेको घोडाघोडी ताल र कर्णालीपूल संगै रहेको चुरे पर्वतमाला जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई पर्यटन बर्षले समेत नछोएको निचोड निकाल्दै त्यहीं क्षेत्रहरुलाई उकास्नका लागि सबै तहसंँग छलफल चलाउने निर्णय पनि भएको छ ।

 कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिर्घराज उपाध्याय, प्रेस चौतारी नेपालका सुदुरपश्चिम उपाध्यक्ष हेमन्त पौडेल,रेडियो घोडाघोडी एफएमका स्टेशन मैनेजर मस्तवीर क¥याङरह्वा, दिनेश एफएमकी स्टेशन म्यानेजर अमिता कुवँरलगायतको सहभागिता थियो ।

No comments:

Post a Comment