राजेन्द्र न्यौपाने
फागुन १७ गोरखा। संविधानसभा विषयगत समितिहरुको मस्यौदा प्रतिवेदनमाथि मंगलवार गोरखामा छलफल भएको छ । छलफलमा राजनैतिक विष्लेशक श्याम श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।सत्यम होटलको सभाहलमा भएको छलफल कार्यक्रमको व्यवस्थापन गोरेटो गोरखाले गरेको थियो ।
जिल्ला नागरीक सचेतना समूह र नागरिक शिक्षा परियोजनाका सहास नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालमा नागरीकका हकहरु, संविधानसभाबाट नयाँ संविधानमा व्यवस्था हुन लागेका नयाँ हकहरु,नयाँ संविधामा राज्यको पुनः संरचना, नयाँ राज्य प्रणालीको स्वरुप, संरचना र विशेषताहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले संविधासभाबाट पनि जनताको पक्षमा संविधान बन्ने संकेत नदेखिएकाले अवको कार्यदिशा जनविद्रोह नै भएको ठहर गरेका छन् ।
नयाँ बन्ने संविधानमा पूर्ण शिक्षा,पूर्ण स्वास्थ्यको ग्रेन्टी गर्नुपर्ने र अनिवार्य रोजगार प्रदान गर्नुपर्ने कुरा लेख्नुपर्ने सहभागिहरुले बताएका छन् । एसीया कै उत्कृष्ट संविधान बनाउन लागिएको राजनीतिक विष्लेशक श्याम श्रेष्ठले दावी गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुले नयाँ संविधानसभाबाट बन्ने संविधानले नागरिकका सबै अधिकारको ग्रेन्टी गरेको हुनुपर्ने अन्यथा संविधान जारी भएकै दिनदेखि जनताले आन्दोलन गर्नुपर्ने परिस्थिति नहोस् भनेर सुझाव दिएका छन् ।
संविधान निर्माणका लागि गरिएको घरदैलो अभियानमा सभासदहरु गाउँ गाउँसम्म नपुगेको भन्दै सहभागिहरुले दुःखसमेत व्यक्त गरेका थिए ।
No comments:
Post a Comment