चन्द्रश्वर बस्ताकोटी
फागुन २४ मुस्ताङ । राजदुतहरु भ्रमण गर्न रुचाउने ठाउका रुपमा चिनिएको मुस्ताङको भ्रमणका लागि नेपालका लागि फिनल्याण्डका राजदुत सदरमुकाम मगलबार जोमसोम आईपुगेका छन । पोखराबाट बिहान ८ बजे तारा एयरमा एक नेपाली र ५ बिदेशी नागरिकका साथ राजदुत पिर्कोलिसा क्योसिरिला जोमसोम आईपुगेका हुन ।
राजदुत क्योसिरिलाले जोमसोम, मार्फा, टुकुचे, कोवाङ र कागबेनी गाबिसको ४ दिन भ्रमण गरेर २८ गते फकर्ने कार्यक्रम रहेको साथमा रहेका सन्तोष शेरचनले बताए । कोवाङको नाउरीकोट र जोमसोममा राजदुत क्योसिरिला बास बस्ने छन ।
ब्यक्तिगत भ्रमण भएकाले औपचारीक रुपमा राजदुत प्रस्तुत नहुने समेत शेरचनले बताए ।
No comments:
Post a Comment