फागुन २४ काठमाडौं । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेट बार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा सरकारलाई पूर्णता दिएर शान्तिप्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउने सहमति भएको छ ।
भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनालले हिजो सोमबारको स्थायी समिति बैठकले विष्णु पौडेललाई रक्षा र गंगालाल तुलाधरलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिने निर्णयबारे माओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भयो । माओवादी अध्यक्ष प्रचण्डले निर्णयप्रति खुशी व्यक्त गर्दै गृहमन्त्रीको पनि छिटो टुङ्गो लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।
सरकार गठन भएको एक महिना पुगिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

No comments:
Post a Comment