Saturday, March 26, 2011

लडाकुहरूलाई शिविरमा राखेर हतियार त्याग्न नचाहनु माओवादीकै लागि घातक

चैत १२ धादिङ। नेकपा (एमाले) का वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) का लडाकुहरूलाई शिविरमा राखेर हतियार त्याग्न नचाहनु माओवादीकै लागि घातक हुने बताउनुभएको छ ।

प्रेस चौतारी धादिङले शनिबार  आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।

वर्तमान सरकारले लामो समयसम्म पूर्णता पाउन नसकेको सन्दर्भ उल्लेख गर्दै नेता ओलीले सरकारले पूर्णता पाउन जति विलम्व हुन्छ त्यतिनै समस्या बल्झिँदै जानेतर्फ प्रधानमन्त्रीले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

अर्को एक प्रशङ्गमा उहाँले गृह मन्त्रालय एमालेले कुनै हालतमा न छाड्ने दृढता व्यक्त गर्नुभयो ।

संविधानसभाको म्याद थप्न गृहकार्य भइरहेको चर्चाका सन्र्दभमा राखिएको जिज्ञासामा नेता ओलीले यसरी सधैँ म्याद थप्दै जाने हो भने तोकिएको समयमा संविधान बन्न नसक्नेतर्फ सबैले गम्भीरतापूर्वक सोच्नु आवश्यक रहेको बताउनुभयो ।


No comments:

Post a Comment