Thursday, March 31, 2011

पार्टीभित्रको विवाद साम्य पार्न माओवादी छलफलमा

चैत १७ काठमाडौं।पार्टीभित्रको विवाद साम्य पार्न माओवादी छलफलमा पार्टी भित्रको आन्तरिक विवाद समाधान गरि मन्त्रीको नाम छनौट गर्न एकीकृत नेकपा माओवादी स्थायी समितिको बैठक बसिरहेको छ । कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा यसअघि भंग गर्ने निर्णय भएको मजदुर संगठनको विकल्प, जनस्वयंसेवी दस्ताको गठनका विषयमा छलफल चलिरहेको बैठकमा सहभागि एक नेताले सीआईएनलाई बताउनुभयो ।

पार्टीभित्रको गुटअनुसार मजदुर संगठनहरुबीच ठाउँ ठाउँमा झडप भएपछि माओवादीले यसअघि मजदुर संगठन र वाईसीएल भंग गर्ने निर्णय गरेको थियो । आजको बैठकमा पार्टीको आन्तरिक विवादसँगै सरकार विस्तार, मन्त्रीहरुको नाम चयन र शान्ति प्रक्रियाका विषयमा पनि छलफल हुने माओवादी सचिव सिपी गजुरेलले जानकारी दिनुभयो ।

माओवादीभित्र अहिले आन्तरिक विवाद चर्किएपछि नेताहरु छुट्टा छुट्टै बैठकमा व्यस्त रहेका छन् । स्थायी समिति बैठकमा संवैधानिक उपसमितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा कसलाई पठाउने भन्नेमा पनि छलफल हुनेछ ।

No comments:

Post a Comment