Sunday, March 6, 2011

विद्रोहमा उत्रिएकालाई नियन्त्रण गर्न सफल भएको सरकारी टिभीको दाबी

फागुन २२।  लिबियाको सरकारी टेलिभिजनले मुअम्मार गद्वाफीका सैनिकहरुले विद्रोहीहरुलाई नियन्त्रण गर्न सफल भएको दावी गरेको छ । सरकारी टेलिभिजनका अनुसार सैनिकले जाविया, रास, लानूफ, मिसराता तथा सुदूर पूर्वमा पर्ने तोबरुक सहरमा बढि सफलता प्राप्त गरेको छ ।

 राजधानी त्रिपोलीमा चलाइएको गोलीको आवाज कुनै विध्वंसको लागि नभएर खुशीयालीमा चलाइएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । पछिल्लो २ हप्तामा गद्वाफीको विरोध गरिरहेका नागरिकहरुले देशका कैयौं सहर कब्जा गरेको बताए पनि गद्वाफीले भने यो समाचारको निरन्तर खण्डन गर्दै आउनु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार रास र लानूफ क्षेत्र अझै पनि विद्रोहीहरुको कब्जामा छ ।

No comments:

Post a Comment