फागुन ७ मकवानपुर । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वावुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ मकवानपुरले विहान हेटौँडामा गरेको पत्रकार भेटघाटमा भट्टराईले माओवादीले गृहमा अड्कायो भन्ने आरोपको खन्डन गर्दै प्रधानमन्त्री छाडेको पार्टीले मन्त्री माग्यो भन्नु एकहजार रुपैयाँ दिएर एक रुपैयाँ मागेको जस्तै भएको बताउनु भयो ।
उपाध्यक्ष डा वावुराम भट्टराईले बरु सरकारबाहिर बसेर शान्ति र संविधानका लागि सघाउने तर समर्थन फिर्ता लिएर अस्थिरता नल्याउने उल्लेख गर्नुभयो ।
उहाँले राष्ट्रिय संयुक्त सरकारको विकल्प नभएकाले बताउँदै सबै दलहरु मिलेर माओवादी सरकारमा जाने नत्र बाहिर बसेर नै संविधान निर्माणमा सघाउने बताउनु भयो ।
पत्रकारहरुको जिज्ञासामा डा भट्टराईले शान्ति र संविधानका लागि एकीकृत माओवादी सकि्रय हुने र एमालेकै रडाकोका कारण सरकार गठन ढिलाई भएको बताउनु भयो ।
No comments:
Post a Comment