Saturday, February 19, 2011

नेपालमा डाउनलिङ्क अनुमति नलिई विदेशी च्यानल प्रसारण गर्न नपाइने



कुल तामाङ्ग फागुन ७  काठमाण्डौ ।
सूचना तथा सञ्चार मन्त्रालयले नेपालमा डाउनलिङ्क अनुमति नलिई विदेशी च्यानल प्रसारण, स्याटेलाइट प्रणालीबाट डाइरेक्ट टु होम (डिटिएच) वा केबुलको माध्यमबाट कार्यक्रम प्रसारण गर्न नपाइने प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीद्वारा आज जारी प्रेस विज्ञप्तिमा कानुनविपरीत केही स्वदेशी डिटिएच, केबुल वा विदेशी डिटिएचको माध्यमबाट डाउनलिङ्क अनुमति नलिएका च्यानल प्रसारण गरेको पाइएकाले त्यस्तो कार्य तुरुन्त रोक्न गृहमन्त्रालयलगायत सम्बन्धित सबै निकायलाई लिखित अनुरोध गरिएको उल्लेख छ । राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा नियमावली २०५२ बमोजिम अनुमति वा इजाजत नलिई त्यस्तो प्रसारणको कार्य गर्न नहुने विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले कानुनविपरित विदेशी डिटिएच अनुमति आयात, बिक्री बितरण वा प्रयोग भएको पाइएमा जुनसुकै बेला जफत गरी प्रचलित कानुनबमोजिम कारबाही हुने पनि जनाएको छ ।

No comments:

Post a Comment