Thursday, February 24, 2011

दुई वर्षदेखि शिक्षिकाले तलव न पाए पछी जिल्ला क्षिक्षा कार्यालयमा निबेदन

कुल तामाङ्
 फागुन १२ नुवाकोट।   नुवाकोटको कन्यादेवी प्राथमिक विद्यालय चौघडामा राहत कोटाकी एक शिक्षिकाले दुई वर्षदेखि आफूले पूरा तलव पाउन नसकेको गुनासो गरेकी छिन् ।

चौघडा गाविस वडा नं ७ मा रहेको सो विद्यालयमा २०६५ साल वैशाखदेखि राहतकोटामा कार्यरत शिक्षिका सुशीला राईले वर्षको ७० हजार चार सय ४० रुपैयाँ भुक्तानी लिइ खाली कागजमा प्रधानाध्यापक सुरेन्द्र राईले सही गर्न लगाउएको गुनासो गर्नुभएको हो  ।

प्रधानाध्यापक राईले कागजमा सही नगरेमा जागिरबाट निकालिदिन्छु भन्ने धम्की दिँदै ५० प्रतिशत तलव आफैंले राख्ने गरेको बताउँदै राईले  बिहीवार  जिल्ला शिक्षा कार्यालयमा कारवाहीको लागि निवेदन दर्ता गराउनुभएको छ ।

निवदेनमा प्रधानाध्यापक राईले पटकपटक दुव्र्यहार र अपशब्द प्रयोग गर्दै आइरहेकाले कारवाहीको समेत माग गरिएको छ ।

निवदेनमा आफूलाई केही दिनदेखि विद्यालयमा हाजिर गर्नबाट रोक लगाइएकोले जिल्ला शिक्षा कार्यालयमै हाजिर गर्नसमेत माग गर्दै दुई वर्षदेखि प्रधानाध्यापक राईबाट पाउन नसकेको पूरा तलव माग गरिएको छ ।

No comments:

Post a Comment