Tuesday, February 22, 2011

पर्यटन बर्ष सफल बनाउन पत्रकार समुह गठन

रुद्रगोपाल डाँगी
फागुन १० रुकुम। पर्यटन पत्रकारीतालाई जोड दिदै पर्यटन बर्ष २०११ लाई सफल बनाउन जिल्ला स्थित क्रियासिल पत्रकारहरुको एक भेलाले पर्यटन पत्रकार समुह रुकुम गठन गरेको छ । जिल्लामा प्रशस्त मात्रामा पर्यटन पत्रकारीताका आधार रहदारहदै पनि प्रचारप्रसारको अभाबमा ओझेललमा परेका पर्यटकीय क्षेत्रहरुको बिकास सगै प्रचारप्रसारमा जोड दिने उदेश्यले पर्यटन पत्रकार समुह गठन गरियको हो ।

पर्यटन पत्रकार समुह रुकुमल आगामि दिनहरुमा जिल्ला पर्यटन बिकास समिति र पत्रकार महासंघ रुकुम संग सहकार्य गर्दै समुह अगाडि बढ्ने बताईएको छ । जन्तिधारा साप्ताहिकका महेश केसीको अध्यक्षतामा गठन भएको पर्यटन पत्रकार समुह रुकुम ७ सदस्यिय रहेको छ । जसमा उपाध्यक्षमा ईमेज च्यानलका रुद्रगोपाल डाँगी, सचिबमा राप्ती आवाजका तारक केसी, सहसचिबमा कारोबार दैनिकका मेगराज खड्का र कोषाध्यक्षमा रेडियो सिस्नेका मनिषा केसी रहनुभएको छ । अन्य सदस्यहरुमा रेडियो सानीभेरीका हरी गौतम र गोरखापत्र दैनिकका सुरेन्द्र खत्री रहनुभएको छ । भेला जिल्ला पर्यटन बिकास समिति रुकुमका सदस्य गोपाल केसीको अध्यक्षतामा र नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष कमल थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला स्थित स्थानिय तथा राष्ट्रिय संचारसंस्थासंग आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । समुहले रुकुम जिल्लाका पर्यटकिय स्थलहरुको सामुहिक अबलोकन गरी त्यसको प्रचार प्रशारमा जोड दिने र पर्यटन बिकासको लागी मासिकरुपमा पत्रिका प्रकाशा समेत गर्ने जनाएको छ ।

No comments:

Post a Comment