चूडामणि वाग्ले फागुन ३ सर्लाही ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको छ । महासंघका अध्यक्ष कृष्णकुमार एस्मालीका अनुसार भोली पुर्व पश्चिम राजमार्गको नवलपुर स्थित बागवानीमा अधिवेशन हुदैछ । अधिवेशनमा महासंघको ११ सदस्यीय कार्यसमिती र पाच जना केन्द्रीय पार्षद चयन गरिनेछ । निर्वाचनका लागि अधिवक्ता अमृत चालिसे, पत्रकार विनोद झा र मुकुन्द ढुंगेल रहेको निर्वाचन समिती वनाइएको छ । अधिवेशनमा केन्द्रीय प्रतिनीधिको रुपमा मोरङका विजय मिश्र आज साझ सम्म आइपुग्ने कार्यक्रम छ । अधिवेशनलाई भव्य रुपमा सफल पार्न आफुहरु क्रियासिल रहेको पत्रकार रोशन न्यौपानेले जानकारी दिनुभयो ।
No comments:
Post a Comment