Sunday, February 6, 2011

हिमाली जिल्ला मुस्ताङमा चिसोको औषधी वितरण अभियान


निर्मला पौडेल
माघ २२ पर्वत। हिमाली जिल्ला मुस्ताङका विभिन्न गाविसमा चिसोबाट सर्ने रोग नियन्त्रण गर्न जिल्ला पशुसेवा कार्यालयले अभियान नै चलाएको छ ।  विभिन्न गाविसमा चिसोबाट लाग्ने  निमुनिया, रूवाखोकी लगाएत विभिन्न रोग नियन्त्रण गर्न पशु सेवा कार्यालयले औषधी अभियान चलाएको हो ।

पशुसेवा कार्यालयले यो समयमा विभिन्न रोग लागेर मर्ने पशुको संख्या बढ्दै जान थालेको भन्दै कार्यालयका पशु प्राविधिक गोपाल अधिकारी लगाएतका कर्मचारीलाई मुक्तिनाथ, कागबेनीका साथै विभिन्न गाविसका गाईबस्तुलाई रोगले संक्रमण गर्न नदिन अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख गुरू प्रसाद खकुराले बताउनुभयो ।

अभियानका क्रममा कार्यालयले कागबेनी, मुक्तिनाथ लगाएतका क्षेत्रका करिव ५ सयभन्दा बढि पशुलाई चिसोबाट बच्ने खोप लगाएतको समेत कार्यालयले जनाएको छ । कार्यालयले पशुविकासका क्षेत्रमा करिव ९० लाख लगानी गरिसकेको छ ।

No comments:

Post a Comment