Wednesday, February 23, 2011

सरकारमा काग्रेस पनि सहभागी हुने बिना बिभागीय मन्त्रीको दावी

फागुन ११ धादिङ्। सरकारका प्रवक्ता एबम बिना बिभागीय मन्त्री गंगालाल श्रेष्ठले आगामि एकसाता भित्रमै नेपाली काग्रेस पनि सहभागी भएको दुई तिहाई बहुमतको सरकार निर्माण हुने दावी गर्नुभएको छ ।

धादिङ्गको मैदीमा समी भन्ज्याङ्ग उच्च माध्यमिक विद्यालयको स्रोत संकलनको लागी आयोजित महायज्ञको समापन समारोहमा बोल्दै तुलाधरले काग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास भईरहेको भन्दै एकसाताभित्रमा सरकारले राष्ट्रिय स्वरुप प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

शान्ति र संविधानको सुनिश्चितताकोलागी राष्ट्रिय सहमतिको अपरिहार्यतामा जोड दिदै उहाँले सरकारले मुलुकलाई राष्ट्रिय सहमतिमा लैजाने ठोकुवा गर्नुभयो । उहाँले झलनाथ खनाल नेतृत्वको सरकारले नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउँदै जेठ १४ गते नै संविधान जारी गर्ने दावी गर्नुभयो ।

छिट्टै मन्त्री परिषद विस्तार, शान्ति र संविधानकोलागी , सहमतिमा लैजाने बताउदै मन्त्री श्रेष्ठले । सबैपक्ष जिम्मेवार भए जेठ १४ मा संविधान जारी हुने टिप्पणी गर्नुभयो । ।



No comments:

Post a Comment