Saturday, February 12, 2011

आत्मसर्मपण स्विकार्य नहुनेः जनमुक्ति सेना

नविन पौडेल, माघ २९  नवलपरासी ।
कुनै पनि विकल्प नदिईकन जनमुक्ति सेनाका लडाकुहरुलाई पार्टिबाट अलग गरीदा आफुहरु निरुत्साहित भएको लडाकुले गुनासो गरेका छन् । नवलपरासीमा आयोजित जनमुक्ति सेनाको १० औ स्थापना दिवस र ससस्त्र युद्धको १६ औ बार्षिक उत्सबको पुर्ब सन्ध्यामा आज परीबर्तन स्मृति ब्रिगेड हात्तिखोर नवलपरासीले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी लडाकुहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा बोल्दै परीबर्तन स्मृति ब्रिगेडका कमाण्डर जेम्सले लडाकुहरुले राजनितिक सहमतिलाई अक्षरस पालना  गर्ने तर आत्मसर्मपण स्विकार्य नहुने बताउनुभयो । यसैगरी २०५२ पछिको ससस्त्र युद्धको सम्झना गर्दै प्रतिक्रान्ति रोक्नु जनमुक्ति सेना  को दायित्व भएको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै एकीकृत माओबादी नवलपरासीका सह ईन्चार्ज द्धोण ले जनमुक्ति सेना पार्टिबाट अलग भएपनि माओबादीको सीद्धान्त र बिचारबाट अलग नभएको बताउनुभयो ।

No comments:

Post a Comment