माघ २९ कास्की ।
पोखरा लेखानाथ नगर क्षेत्र र राजमार्गमा माघ १ देखि आजसम्म गरीएको विशेष सवारी जाँचबाट ३ लाख ३० हजार ८ सय राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन सुधार र सवारी दुर्घटना नियन्त्रणको लागि जिल्ला प्रहरी, ट्राफिक प्रहरी कार्यालय र मातहतका ईकाईहरुबाट बिषेश चेकिङ्ग गरीएको हो । आश्चर्यजनक चेकिङ र राडर गनबाट चेकिङ्ग गर्दा सवारीलाई कारवाही गरिएको छ । स्वरुप परिवर्तन गरि मोटरसाइकल चलाउने ३९ जनालाई कारवाही गरिएको छ भने २८ हजार ७ सय राजश्व संकलन गरीएको छ ।
यस्तै लाईसेन्स प्वाल पारेको २५ वटा बाट ५ हजार राजश्व संकलन भएको छ । राडर गनबाट चेकिङ्ग गरि १३२ जनालाई कारवाही गरिएको छ भने ६८ हजार राजश्व संकलन भएको छ । गत फागुन १ देखि आजसम्म सवारी नियम उल्लंघन गर्ने सवारी धनी चालकका १३ सय ७५ सवारी साधनलाई कारवाही गर्दा २ लाख ३४ हजार १ सय राजश्व संकलन भएकोजिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
No comments:
Post a Comment