Showing posts with label काभ्रे. Show all posts
Showing posts with label काभ्रे. Show all posts

Thursday, March 10, 2011

सिन्धुपाल्चोकका सबै गाविसमा इन्टरनेट पुग्ने


  फागुन २६  सिन्धुपाल्चोक। कम्प्युटर एसोसियसन अफ नेपाल क्यान सिन्धुपाल्चोकले गाउँ/गाउँमा संचार  अभियान साचालन गरि सम्पूर्ण गाविसलाई इन्टरनेटको साजालले जोड्ने भएको छ । गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान समेत सुरु गरेको छ । 

प्रत्येक गाविसमा कम्तीमा एकएक सेट कम्प्युटर र इन्टरनेट पुर् याइने सबै गाविसबाट बढीमा तीन/तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइने र आठ/आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिने क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

Thursday, February 10, 2011

सिन्धुपाल्चोक जिल्लाको तार्केघ्याङको सात सय वर्ष पुराना मुर्ति चोरी

एस बी गौतम । 
माघ २७, काभ्रे ।
 सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसमा रहेको तार्केघ्याङ गुम्बाबाट सात सयबर्ष पुराना मुर्तीहरु चोरी भएका छन् । सात सय वर्षे पुरानो सात ढलौटको मुर्ती, एक कपाली खप्पर र एक चन्दा बाकस चोरी भएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् । घ्याङमा रहेको पुराना बहुमुल्य पुरातात्विक सामग्रीहरु हराएको सूचना पाए लगत्तै प्रहरीले हेलम्बु क्षेत्रमा खोजी कार्यलाई तीब्रता दिएपनि मूर्ति कहाँ र कसले लगेको भन्ने तथ्य अझै फेला पर्न नसकेको प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । खोजीकार्यकालागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकनारयण कोइरालाको नेतृत्वमा १० जना, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भक्त विष्टको नेतृत्वमा ११ र प्रहरी प्रधान कार्यालयबाट तालिम प्राप्त कुकुर सहित ५० भन्दा वढी नेपाल प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


क्रसर उद्योगका कारण पुल र करिडोर जोखिममा


प्रकाश सुन्दास
माघ २७ काभ्रे ।क्रसर उद्योगका कारण काभ्रेपलाञ्चोक जिल्लाबाट सिन्धुपाल्चोक जोड्न इन्द्रावती नदीमा निर्माण गरिको पक्कीपुल  खतरामा परेको छ । इन्द्रवती नदीमा सञ्चालित क्रसर उद्योगहरुले नियम विपरीत नदीको सतह नै भासिने गरी गिट्ठी, बालुवा झिक्नाले सडक डिभिजन कार्यालय चरिकोटले ४ करोड  रुपियाँको लागतमा निर्माण गरेको १ सय २८ मिटर लामो पक्कीपुल जीप नदीले दिनप्रतिदिन खोल्न थालेपछि पुल खतरामा परेको हो ।

पुल निर्माण भएको ४ महिना नबित्दै पुलको अवस्था खतरामा परेपछि स्थानीयबासिन्दाहरु चिन्तित हुन थालेका छन् । काभ्रेको सिमानामा रहेको क्रसर उद्योगले नदीको सतह ५ मिटर भासिने गरी गिट्टी,बालुवा झिकेको र सो कार्य नरोके केही महिना मै पुलमा यातायातका साधान समेत चलाउन समस्या हुने यातायात व्यवसयीहरुले बताउने गरेका  छन् । १५ टनको  क्षमता रहेको पुलमा १० टन भएको सवारी साधन चलाउँदा पुल हल्लिने गरेको छ ।

यसैबीच इन्द्रावती नदीको वगरलाई खेतीयोग्य जमिनमा परिणत गराउने उद्देश्यले २ वर्षअघि निर्माण गरिएको इन्द्रावती करिडोरको अवस्था पनि जोखिमपूर्ण बनेको छ । जल उत्पन्न प्रकोप डिभिजन कार्यालय नुवाकोटबाट १ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण गरिएको करिडोरको वेसलाइन भन्दा मुनिबाट पानी बग्न थालेकाले करिडोर भत्कदै जान थालेको हो ।