चैत २० कैलाली। पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई दवावमा राखेर काम गर्नु पेर्न बताउनु भएको छ । कैलालीको धनगढीमा प्रेस चौतारी ले गरेको पत्रकार सम्मेलनमा नेपालले शान्ति र संबिधान निर्माणका लागि माओवादीलाई दवाव मै राख्नु पर्ने आवश्यक भएको बताउनुभयो ।
बिशेष गरेर हाम्रा प्रधानमन्त्रीले चाकरी हैन दवाबमा राखेर काम गर्न पर्ने हो—नेपालले भन्न्ुभयो ’माओवादीलाई शान्तिमा पुरयाउन दवाव नै पुगेको छैन ।’ उहाँले प्रयाप्त दवाब दिए मात्रै माओवादीले लडाकु समायोजन र संविधान निमार्णा माओवादीलाई अगाडि बढाउन सकिने बताउनुभयो ।
उहाँले गृह मन्त्री नभएको अवस्थामा शान्ति सुरक्षाको अवस्था कमजोर भएको बताउनुभयो ।
No comments:
Post a Comment