राजेश सहानी
चैत २० नवलपरासी ।आफु अनुकुल समाचार प्रसारण नगरेको भन्दै नवलपरासीका केही युवाहरुले रेडियो परासीका संचारकर्मिहरुलाई ज्यान मार्ने धम्की दिनुका साथै रेडियो पनि जलाई दिने चेतावनी दिएका छन् । हालै गठन गरिएको पृथ्बी चन्द्र अस्पताल सुधार समितिका अध्यक्ष रामभवन यादवलाई प्रहरीले पक्राउ गरेको र त्यसको विरोधमा परासी बन्दको आह्वान गर्दा, रेडियोमा भने जस्तो समाचार नआएको भन्दै केही युवाहरुले टेलिफोन गरि रेडियो परासीका समाचार प्रमुख केशव पराजुलीलाई ज्यान मार्ने धम्की दिएका हुन् । साथै उनीहरुले समाचारमा काम गर्ने सवैको हात खुट्टा काटिदिने, भाचिदने र रेडियो परासीको भवन जलाई दिने चेतावनी दिएका छन् ।
नेपाल नेत्र ज्योति संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पतालले पृथ्बी चन्द्र अस्पतालको जग्गा अतिक्रमण गरि तारबार गरेको भनि नेपाल नेत्र ज्योति संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पतालले समिति विरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको थियो ।
सार्बजनिक मुद्धा फिर्ता लिएर पक्राउ परेका यादवलाई रिहा गर्नुपर्ने माग गर्दै समितिका पदाधिकारीहरुले आज विहानैदेखी परासीमा पसल व्यासाय बन्द गराउनुका साथै सवारि साधन पनि संचालन गर्न दिएका छैनन् । परासीको बुद्ध चोकमा युवाहरुले लठी लिएर सवारि साधन रोक्नुका साथै पसल पनि बन्द गराएका छन् ।
No comments:
Post a Comment