यम चौलागाई
चैत २२ सिन्धुली। राष्टिय जनमोर्चा सिन्धुलीको सातौं जिल्ला भेलाले मान बहादुर लोको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितीका अन्य पदाधिकारीहरुमा कान्छा राम गोले उपाध्यक्ष निल कुमार तामाङ सचिव, नारायण बस्नेत सह सचिव, प्रमिला पाख्रीन कोषाध्यक्ष, र सदस्यहरुमा सनक रम्तेल र बुद्धीमान गोले रहनु भएको छ । भेलाले वीर बहादुर बि.क.र पर्शु राम बि.क. लाई बेकल्पीक सदस्यमा चयन गरेको छ ।
यसैगरी भेलाले किर्तीमान मेक्चन लाई सल्लाहाकार र जिल्ला इन्चार्जमा गंगा खड्कालाई चयन गरेको राष्टिय जनमोर्चा सिन्धुलीले आज एक प्रस विज्ञप्ती जारी गरी जनाएको छ । जखनीमा निवर्तमान अध्यक्ष सन्त बि.क.को अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष वीर बहादु गोलेको प्रमुख आतिथ्यतामा भएको भेलामा मान बहादुर लोले स्वागत मन्तव्य राख्नु भएको थियो गंगा खड्काले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
No comments:
Post a Comment