Monday, April 4, 2011

स्याङ्जामा बैसाख ३ देखि लिग फुटवल प्रतियोगिता हुने

चैत २१ स्याङ्जा। स्याङ्जामा आउँदो बैसाख ३ गतेदेखि जिल्लास्तरीय लिग फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्याङ्जा जिल्ला फुटवल संघको आयोजनामा संघमा आवद्ध फुटवल क्लवहरु बीच प्रतियोगिता गरिने संघले सोमबार सदरमुकाम स्याङ्जामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका प्रवक्ता भीम पंगेनीले स्याङ्जा र वालिङ्ग खेल मैदानमा गरी दुइ चरणमा प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । प्रवक्ता पंगेनीका अनुसार प्रथम चरणका खेल स्याङ्जा तथा सुपरलिग, सेमीफाइनल र फाइनल खेल वालिङ् खेल मैदानमा हुने छन् । स्याङ्जामा सञ्चालन हुने लिग बरजा युवा क्लव र वालिङ्मा हुने खेल होराइजन युवा क्लवले सञ्चालन गर्नेछन्।

फुटवल खेलको विकास तथा खेलाडीहरुको क्षमता अभिबृद्धि र खेलाडी पहिचान गर्ने उद्देश्यले लिग खेल सञ्चालन गर्न लागिएको हो ।

No comments:

Post a Comment