चैत २० काठमाडौं ।सभासदहरुले पुरक बजेट ल्याउनुपर्ने कारण प्रष्ट पार्न सरकारसँग माग गरेका छन् । संसदको सार्वजनिक लेखा समितिमा अर्थमन्त्री भरतमोहन अधिकारीसँग जानकारी लिने क्रममा सभासदहरुले सरकारले नीतिगत भ्रष्टचारका लागि पुरक बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् ।
एमाले र माओवादीका सभासदले भने पुरक बजेट बाहिरबाट ल्याउन नलागेको भन्दै अर्थमन्त्रीको बचाऊ गरेका थिए । सभासद प्रकाशचन्द्र लोहनीले पुरक बजेट कार्यान्वयनमा समस्या आउने भएकाले अहिलेको अवस्थामा आबश्यक नरहेको बताउनुभयो । एमाले सभासद रविन्द्र अधिकारीले पुरक बजेट ल्याउँदा सबैसँग छलफल गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री भरतमोहन अधिकारीले सभासदको प्रश्नमा आफुले बाहिरबाट पुरक बजेट ल्याउन नखोजेको र दलहरुको सहमतिका आधारमा छलफल गरेर ल्याउने बताउनुभयो । उहाँले अर्थसचिवले आफ्नो दवावमा राजीनामा दिएको भन्ने भनाई गलत भएको र आफुले कुनै किसिमको दवाव नदिएको बताउनुभयो ।
प्रक्रिया अनुसार नै बजेट ल्याउन माओवादीसँग छलफल गरे हो, तर सचिवलाई थाहै नदिई बजेट ल्याउन लागेको होइन अधिकारीले भन्नुभयो ।
No comments:
Post a Comment