कूल तामाङ्
चैत २२ नुवाकोट। गाउँघरमा सरसापटीको लागी साहु महाजनको दैलोमा धाउन पर्ने बाध्यतालाई अन्त्य गर्न सफल सहकारीहरुसंग अहिले सवा अर्ब रुपैया निक्षेप संकलन रहेको छ । जिल्ला सहकारी संघले दिएको जानकारी अनुसार जिल्लामा सञ्चालित सहकारीहरुले १ अर्ब २५ करोड रुपैया निक्षेप संकलन गरेका छन् । सहकारीमा आबद्ध सामान्य किसान, महिला, सानो आम्दानी भएका देखि करोडपतिहरु समेत सामेल भएका छन् । उक्त निक्षेप जिल्लाका २ सय ८० सहकारीले संकलन गरेको हो ।

सहकारीमा ४६ हजार शेयर सदस्य, १४ करोड ५० लाख रुपैया शेयर पुजी, १ अर्ब २५ करोड निक्षेप संकलन र १ अर्ब १० करोड रुपैया कर्जा लगानी रहेको जिल्ला सहकारी संघका अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो । नुवाकोटमा २०१० सालमा नर्जामण्डप र २०१७ सालमा तुप्चेमा सहकारी स्थापना भएको हो ।
जिल्लामा सहकारी आन्दोलनले आधा शताब्दी पुरा गरिसकेको छ । यस अबधिमा जिल्लामा एउटा जिल्ला सहकारी संघ, २ वटा विषयगत संघ, ५८ वटा बहुउद्देश्यीय सहकारी, ६३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी, ९ जटा दुग्ध सहकारी, ५१ वटा महिला सहकारी, ५ वटा उपभोक्ता सहकारी र १५ वटा अन्य सहकारी सञ्चालनमा रहेका छन् ।

सहकारीले सामान्य नागरिकलाई पनि ऋण दिन सक्ने धनी बनाएको छ । गाउघरमा पहिले महंगो व्याजदरमा साहु महाजनलाई रिझाएर ऋण लिनु पर्ने दिनको सहकारीले अन्त्य गराएको जिल्ला अध्यक्ष मिश्रले बताउनुभयो । सहकारीको माध्यमबाट दैनिक ६ हजार किलो तरकारी,३ हजार ५ सय लिटर दुध उत्पादन तथा बजार व्यवस्थापन भईरहेको छ ।
No comments:
Post a Comment