Sunday, April 3, 2011

पैसा दिएर उपभोक्ता समिति बनाईयो

राजेन्द्र न्यौपाने
 चैत २०गोरखा। उपभोक्ता हितको संरक्षण गर्ने नारा रटान गर्दै हिड्ने महासचिव ज्योति वानियाँले  शनिवार दिउँसो गोरखाको होटल विसौनीमा उपस्थित नभएकाहरुलाई पनि  गोरखामा उपभोक्ता समिति गठन गरि काठमाण्डौ फर्केका छन् । उनले उपभोक्ताको हितका भन्दा पनि आफ्नै हितका लागि काम गर्नुपर्दछ भन्दै ्पैसा दिएर समिति बनाई गएका समितिमा रहेका एक सदस्यले जानकारी दिनुभयो। समितिमा राखिएको बारे मलाई जानकारी थिएन आज विहान भेट हुँदा त माइन्युटमा सहित गरेपछि पैसा पाएको नाम नलेख्न भन्दै उनले भने । पैसा कति भन्ने प्रश्नमा उहाँले हजार माथि भन्नुभयो ।

शनिवार विहान गोरखाकै गोर्खा ईन होटलको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका वानियाँले जिल्लाका केहीलाई मनोमानीमा कोठे मिटिङ्मा भेला गराई किशोर जंग थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेका छन् ।थापा यस अघि पत्रकारमहासंघको सभापति थिए । सार्वजनिक कार्यक्रममा सभापतिलाई उछिन्दै पूर्वसभापति भन्दै मञ्ज सार्वजनिक कार्यक्रमका मञ्च कब्जा गर्दै आएका थिए । उक्त कोठे भेलामा सहभागी नभएका एक सदस्यले आफुलाई सदस्यमा राखेको र सही गर्न वोलाए पछि मात्र सदस्य भएको थाहा पाएको नाम उल्लेख नगर्ने शर्तमा हामीलाई वताउनुभयो । समितिमा रेडियो गोरखाका ४ संचारकर्मी रहेका छन् भने वाँकी सवै गैरसरकारी संस्थाका सदस्यहरु रहेका छन् ।

 गोरखामा पछिल्लो चरणमा भ्रष्टहरु जुरमुराउन थालेका छन् भने लोभि, पापी ,चाप्लुसीहरु सँगठित हुने क्रम बढेको छ । उपभोक्ता ठग्नेहरुको संरक्षणका लागि समिति बनाईएको समितिका एक सदस्यले जानकारी दिनुभयो । ठगिको नेतृत्व भने थापाले पाएका हुुन । 

No comments:

Post a Comment