Thursday, March 17, 2011

आगलागी पिडितहरूलाई राहत वितरण

चन्द्रश्वर बस्ताकोटी
 चैत २ मुस्ताङ । मुस्ताङको सिमाबर्ति गाबिस म्याग्दी जिल्लाको दानागाबिसका आगलागी पिडितहरूलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले राहत वितरण गरेको छ । मंगलबार दिउँसो हावाहुरीसँगै भएको आगालागीबाट प्रभावित बनेका ८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

दाना ३ थाडाका टेकबहादुर थापा, बुद्धीमाया खोरजा, तेसबहादुर पुन, हर्कमान बि.क, दाना ४ का रखबहादुर, डिलबहादुर पुर्जा, कृष्णकली पुर्जा र दल्तकुमारी पुर्जाका परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका धनञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको ३० हजार रुपैया तीन जनाको परिवारलाई पाँच पाँच हजार र पाँच घरपरिवारलाई तीन हजारका दरले राहत वितरण गरीएको हो ।

शाखाका मन्त्रि लेखबहादुर हमाल, प्रकोप व्यवस्थापन उपसमितिका संयोजक अमर बानिया, शाखा सदस्य ध्रुबलाल शर्मा र कार्यक्रम अधिकृत ईश्वरा सुवेदीले पिडितलाई लत्ताकपडा र भाडाँकुडा वितरण गर्नुभएको थियो । मंगलबार जिल्लाका विभिन्न गाविसमा आगलागीका र हावाहुरीका कारण भएका क्षतीको विवरण समेत संकलन भइरहेको रेडक्रस सोसाइटीले जनाएको छ ।

आगोलागीबाट ८ घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै ६२ लाख ७९ हजार रुपैया बराबरको क्षत्ती भएको रेडक्रस म्याग्दी शाखाले जनाएको छ ।

No comments:

Post a Comment