Tuesday, March 1, 2011

केरौजामा १० दिने नारा पर्व विविध कार्यक्रमका साथ सम्पन्न

राजेन्द्र न्यौपाने
 फागुन  १७ गोरखा।  केरौजाको गौरब केरौजाका पहिचान र हाम्रो चिनारी भन्ने मूल नाराका साथ गोरखा जिल्लाको उत्तरी गा.वि.स. केरौजामा १० दिने नारा पर्व विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

 घले गुरुङहरुले परम्परागत रुपमा मनाउने यो चाड हाल आएर केरौजामा पर्यटन अभिवृद्धिको राम्रो
माध्यम वन्न सफल भएको छ । १० दिन सम्म मनाईएको यो मेलामा स्थानीय स्तरमा प्रचलित विभिन्न कला र
संस्कृति झल्कने कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केरौजा मा.वि. का प्र.अ. सुन्दर वावु खनालले मेला र पर्वले वाह्य तथा आन्तरि
क पर्यटन वढाउन टेवा पु¥याउने वताउनुभयो । कार्यक्रममा पौराणिक कथामा आधारित परम्परागत साँस्कृतिक नाचहरु
घोडानाच, याकनाच, सिस्ने नाच, नक्कली मैया नाच, बेश्या नाच, जोगी नाच, लामा नाच, घाँटु, सोरठी मारुनी जस्ता
नाचहरु साथै विविध खेलकुद कार्यक्रमहरु पर्दशन गरिएको थियो ।

सो अवसरमा ५० भन्दा वढी खानाका स्टलहरु राखिएको थियो । यो भिन्न प्रवृत्ति र छुट्टै पहिचान वोकेको नारा पर्व तीन वर्ष लगातार प्रत्येक वर्ष र विचमा तीन वर्ष खाली राखी फेरी तीनवर्ष पछि पर्व मनाईएको स्थानीय

काजी तमुले बताउनुभयो । सिर्जनसिल नेपाली युवा केरौजाद्धारा संचालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता
क्लवको अध्यक्ष अमृत घलेले गर्नुभएको थियो ।

No comments:

Post a Comment