सन्तोष गौतम फागुन २७ म्याग्दी ।
म्याग्दीको कुईनेमंगले गाविसमा १५ किलोवाट क्षमत्ताको छहरेखोला लद्युजलविद्युत परियोजना निर्माण भएको छ । बागलुङको आर्थिक, प्राविधिक तथा समुदाय परिचालन सहयोगमा परियोजना सञ्चालन भएपछि एक सय ३२ घरधुरी लाभान्वित भएका छन् । परियोजनाबाट कुईनेमंगले गाविसको ५, ६, ७ र ८ नम्बर वडाका बासिन्दाले विद्युत सुबिधा उपभोग गर्न पाएको अध्यक्ष पदम छन्त्यालले बताउनुभयो । गाविसको १६ लाख, धौलागिरि सामुदायीक स्रोत बिकास केन्द्रको २२ लाख, जिल्ला विकास समिति म्याग्दीको चार लाख १६ हजार, गाविसबाट काठमाडौँ बसाईसराँई सरेर गएकाहरुको तीन लाख, जिल्ला वन कार्यालयको ५० हजार र चन्दा संकलनबाट दुईलाख रुपैयाँ गरी ४७ लाख ७२ हजार रुपैयाँ लगानीमा परियोजना निर्माण भएको हो ।
No comments:
Post a Comment