चन्द्रेश्वर बस्ताकोटी
फागुन १८ मुस्ताङ।जिल्ला विकास समिति मुस्ताङको आयोजनामा बुधबार जोमसोममा न्युनतम शर्तमापन तथा कार्य सम्पादन, मुल्याकन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय निकाय वित्तिय आयोगले मुस्ताङ जिविसको काम कारबाहीका विषयमा गरेको मूल्याङ्कन सार्वजनीक गरिएको थियो । आयोगका उपसचिव शालिग्राम रिजालले बित्तिय व्यवस्थापन, बजेट निकाशा र कार्यक्रम कार्यान्वयन, सञ्चार र पारदर्शीता, अनुगमन तथा मूल्याङ्कन लगायत विषयमा गरिएको मूल्याङ्कन नतिजा सार्वजनीक गर्नुभएको थियो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी श्यामराज अधिकारीले गत आर्थीक बर्षको मूल्याङकनमा सामान्य अकं पाएपनि आगामी वर्ष अंक थप गर्ने पहल गर्ने बताउनुभयो । गत आर्थिक वर्षमा पेश्की बढी भएकाले मुस्ताङ जिविसले आयोगबाट पाउने १५ लाख ५२ हजार रुपैया अनुदान गुमाएको थियो ।
No comments:
Post a Comment